नेपाल चिकित्सक सङ्घले घाेषणा गरेकाे आन्दोलनका सबै कार्यक्रम फिर्ता
नेपालखोज
२०७७ असोज २५ गते १६:२३
काठमाडाैं । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा. गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ ।
सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । सङ्घका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया