२४ घण्टामा थप १५५२ जना कोरोना संक्रमण मुक्त
नेपालखोज
२०७७ असोज २५ गते १६:३८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५ सय ५२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वासथ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले आज थप एक हजार ५ सय ५२ जना डिस्चार्ज भएसँगै कुल ७५ हजार ८ सय ४ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिए । नेपालमा हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया