कोरोना अपडेट : आज थप दुई हजार ७१ जना नयाँ संक्रमित थपिए

नेपालखोज २०७७ असोज २५ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ७१ संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया