२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित
नेपालखोज
२०७७ असोज २५ गते १६:४९
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप एक हजार ४१६ कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ४०८ महिला र ७३७ पुरुष, ललितपुरमा ७१ महिला र ९० पुरुष र भक्तपुरमा ५० महिला र ६० पुरुष रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया