कोरोना संक्रमणका कारण आज थप २२ जनाको मृत्यु

नेपालखोज २०७७ असोज २५ गते १६:५४

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

प्रतिक्रिया