सोमबार १.७४ अंकले माथी उक्लियो बजार, करिब २ अर्बको शेयर कारोबारमा मुक्तिनाथ विकास बैंकको सर्वाधिक हिस्सा
काठमाडौं । सोमबार शेयर बजार १ दशमलव ७४ अंक माथी उक्लिएर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यो दिन बजार शून्य दशमलव ११ प्रतिशतले बढेको हो । नेप्से परिसूचकसँगै सोमबार ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ । यस दिन १८९ कम्पनीको ३१ हजार ८३७ पटकको व्यापारमा रू. १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन ६८ लाख १५ हजा ७१० कित्ता शेयर कारोबार भएको हो ।
सोमबार सर्वाधिक रकमको शेयर कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । यस बैंकको यो दिन रू. १६ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस बैंकको शेयरमूल्य पनि सोमबार सर्वाधिक बढेको छ । मुक्तिनाथ विकास बैंकको शेयरमूल्य यो दिन ९ दशमलव ८५ प्रतिशतले बढेको हो । सोमबार मुक्तिनाथ विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६८ कायम भएको छ । यो दिन सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले घटेर अन्तिम मूल्य रू. ८५४ कायम भएको हो ।
सोमबारको कारोबारमा विकास बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । कारोबारमा आएका १२ समूहमध्य विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ८८ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्को शून्य दशमलव १९ प्रतिशत, व्यापारिकको शून्य दशमलव २१ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत र लघुवित्तको शून्य दशमलव १६ प्रतिशत परिसूचक बढेको छ । आईतबार सर्वाधिक बढेको वित्त समूहको परिसूचकमा सोमबार भने सर्वाधिक गिरावट आएको छ । यस दिन वित्त समूहको परिसूचक १ दशमलव ३५ प्रतिशतले घटेको हो । त्यस्तै जलविद्युत समूहको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत, अन्यको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २५ प्रतिशत परिसूचक घटेको छ ।
प्रतिक्रिया