बिहीबार, वैशाख १३, २०८१

ह्वावेद्वारा “बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल” शिर्षकको वाइट् पेपर जारी

नेपालखोज २०७७ असोज २६ गते १६:०४

काठमाडौं । ह्वावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (IDC), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको ग्लोबल प्रदायकले ह्वावेको साथमा बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल शिर्षकको वाइट् पेपर जारी गरेको छ । यस प्रतिवेदनमा IDC र ह्वावेले बैंकिङ इन्डस्ट्रिमा कोभिड–१९ को प्रभावबारे सर्भे गरेको छ । उक्त प्रतिवेदनको अशंको रूपमा क्ष्म्ऋ र ह्वावेले “बैंकिङ रिसिलियेन्स सूचक” को विकास गरेको जनाएको छ । उक्त सूचकले बैंकिङको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले ६ वटा प्रमुख उपायका आधारमा मापन गरेको छ । साथै प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउने तथा स्थिरताको आकलन गर्न प्रयोग गर्न सक्ने र भविष्यको सफलताको लागि मार्गदर्शन गर्न ध्यान दिने विषयको जानकारी दिएको छ ।

ह्वावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरू सहित FSI सलुसनको विस्तृत प्रकारको जानकारी दिने भएको छ । यी सलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने FSI वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरू बिरूद्ध उभिने मौका दिने बैंकले बताएको छ । हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय सेवाको ध्यान केन्द्रित गरेको र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा ह्वावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको जनाएको छ । वित्तीय ग्राहकहरूलाई विश्वव्यापी रूपमा प्रतिक्रिया दिन र कोभिड १९ को समयमा ग्राहकहरूलाई साथ दिन सहयोग गरेको जनाएको छ ।

यी अनुभवहरूले ह्वावेलाई यस रिपोर्टमा IDC को साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिङ सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ । भविष्यलाई नियाल्दा खेरी IDC ले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकाल्यो: च्यानल अपग्रेड – पूर्ण डिजिटल ग्राहक यात्रामा सर्दै, संचार पुनर्विचार– ग्राहकहरुलाई सेवा पु¥याइने तरिकामा परिवर्तन ल्याउने, इन्फ्रास्ट्रक्चर ओभरहल – हाइब्रिड क्लाउड र माइक्रोसर्भिसेस को निर्माण, डाटा र एनालिटिक्स पुनः परिभाषा – मजबूत डेटा लेक र ब्क्ष् क्षमताको निर्माण,
कार्यप्रवाह पुनः कल्पना – कागज र एऋक बाट मोबाइल कार्यप्रवाहहरू मा उत्थान, प्लेटर्फम रूपान्तरण जस्तो उभो लाग्दै गरेका प्रविधिहरू समावेश गर्दै ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्दछ ।

ह्वावे बारे

१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हामीसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछौं ।

हाम्रो लक्ष्य भनेको संसारलाई हरेक मानिस, घर र संस्थालाई डिजिटल बनाई इन्टेलिजेन्ट विश्व बनाउने हो । यस उद्देश्यका लागि हामी सर्वव्यापी कनेक्टिभिटि ड्राइभ गर्नेछौं र नेटवर्कमा समान पहुँचको प्रचार गर्नेछौंस उच्च कम्प्युटिंग पावर प्रदान गर्नको लागि पृथ्वीको चारै कुनामा क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स ९ब्क्ष्० जतिबेला जहाँ कही पुर्याउनेछौैंस प्लेटफार्म निर्माण गर्न सबै उद्योग र संगठनहरू अधिक फुर्तिलो, कुशल र गतिशील बन्न मद्दत गर्नेछौंस प्रयोगकर्ताको अनुभवलाई ब्क्ष् सँग पुनः परिभाषित गर्नेछौंस यसलाई जीवनको सबै पक्षहरूमा परिवर्तन गर्नेछौं, चाहे घरमा, अफिसमा वा हिँड्दै ।

ह्वावे नेपाल बारेः

ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले 2G/3G/4G टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालू को जग निर्माण ग¥यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले ह्वावेको समाधानबाट फाइदा पाइरहेका छन् । स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत प¥याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पु¥याएको थियो । ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत प¥याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा ह्वावेले नेपाललाई अधिक प्रविधि जस्तै } 5G, क्लाउड रAI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।

 

प्रतिक्रिया