कोरोना न्यूनीकरण समितिका संयोजक पनि कोरोना संक्रमित
नेपालखोज
२०७७ असोज २६ गते १९:०५
काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ४ का वडा सदस्य एवं महानगरका लेखा समिति संयोजक ध्रुव त्रिपाठीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी कोरोना न्यूनीकरणका लागि शुरूवात देखि नै अग्रपंक्तिमा खटिएर काम गरिरहेका थिए । त्रिपाठी कोरोना न्यूनीकरण गर्न गठित वडा समितिका संयोजक पनि थिए ।
सरकारले कोरोना संङक्रण रोकथाम गर्नका लागि गरेको लकडाउनका समयमा राहत बितरण गर्नेदेखि वडावासीहरूको स्वास्थ्य परीक्षण गर्ने काममा सक्रिय भएका त्रिपाठीलाइ सोमबार कोरोना पुष्टि भएको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया