बिहीबार, वैशाख १३, २०८१

आज मंगलबार भगवान गणेशको पूजा आराधना गर्नुहोस् सुख प्राप्त हुनेछ ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ असोज २७ गते ५:००

आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ।  मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योगमा जुट्ने समय छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । राजनीति वा कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता छाउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइकालागि दौडधूप गर्नु पर्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । महिला वा मित्र बाट विशेष सहयोगको आश राख्न सकिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया