आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

नेपालखोज २०७७ असोज २७ गते ७:३६

एजेन्सी । मंगलग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । नासाले १३ अक्टोवर अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिने बताएको छ ।

वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोशिजनको घटना प्रत्येक दुई वर्ष (२६ महिना) मा हुन्छ ।

त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् । अपोजिशनको खगोलीय घटना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । यद्यपि, नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८.६ मिलियन मिल थियो । अब सन् २०३५ सम्म मंगल र पृथ्वी यति नजिक आउने छैनन् ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीभन्दा ३४.८ मिलियन मिलको दुरीसम्म पुगेको थियो जुन पछिल्लो ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक थियो । अब सन् २२८७ सम्म यो पृथ्वीको यति नजिक आउने छैन् । यसलाई टेलिस्कोपको माध्यमले देख्न सकिन्छ । यसलाई अझ राम्रो तरिकाले हेर्न चाहनुहुन्छ भने आफ्ना वरिपरिको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट यसलाई हेर्न सकिन्छ ।

प्रतिक्रिया