मंगलबार, वैशाख १६, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमण मुक्त

नेपालखोज २०७७ असोज २७ गते ८:३५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमित भएको बेला पनि बिना मास्क र्‍यालीमा निस्किएका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

ट्रम्पका निजी चिकित्सक डा। सीन कोनलेले राष्ट्रपतिको स्वास्थ्य रिपोर्ट जारी गरेका हुन् । उनले राष्ट्रपतिबाट अर्कोलाई कोरोना नसर्ने बताएका छन् । उनी कोरोना संक्रमित पाइएपछि दोश्रो बहस रद्ध गरिएको थियो ।

सोमवार उनले पहिलो र्‍यालीमा समेत सहभागी जनाएका थिए । उनले फ्लोरिडाको र्‍यालीमा बिना मास्क सहभागी बनेका थिए । र्यालीमा कसैले मास्क लगाएका र कसैले नलगाएका देखिएको थियो ।

प्रतिक्रिया