कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

नेपालखोज २०७७ असोज २७ गते १०:२३

विराटनगर । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट विराटनगरस्थित कोशी अस्पतालमा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।

मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको आज बिहान २ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा असोज २४ गते रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएको भोलिपल्ट आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बस्नेतले बताए।

उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार वृद्धमा दमको पुरानै समस्या थियो। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको भए पनि बचाउन नसकिएको उनको भनाइ छ।

प्रतिक्रिया