बर्दघाट नगरपालिका प्रमुखमा कोरोना सङ्क्रमण

नेपालखोज २०७७ असोज २७ गते १०:३८

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरेक छन् ।

उनी अहिले होम आइसोलेसनमा छन् । आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताएका छन् । “जनताको सेवामा खटिँदै गर्दा म पनि सङ्क्रमित हुन पुगेको छु, मलाई कुनै अफ्ठ्यारो परेको छैन, कति पनि हत्तोत्साहित नहुन म नगरवासीलाई आग्रह गर्दछु”, उनले भने ।

कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया