बुधबार, वैशाख १७, २०८२

सानिमा बैंकका ग्राहकहरुलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट, २५ सयसम्म क्यास ब्याक

नेपालखोज २०७७ असोज २७ गते ११:३७

काठमाडौं । नेपालीहरुको महान चाँड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भको आधारमा छुट प्रदान गरिने बैकले जानकारी दिएको छ । यो योजना २७ आश्विन देखि २०७७ कार्तिक १ गतेसम्म ५ दिनका लागि लागू जनाएको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया