मंगलबार, कार्तिक २७, २०८१

मंगलबार दोस्रो घण्टामा ३.३७ अंक घट्यो बजार, ६५ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज २७ गते १३:३२

काठमाडौं । मंगलबार दोस्रो घण्टामा शेयर बजार ३ दशमलव ३७ अंक घटेर १ हजार ५७४ दशमलव ६३ विन्दुमा झरेको छ । यो अवधिसम्म सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८२ अंकले घटेर ३१२ दशमलव २९ विन्दुमा पुगेको छ । यो दिन कारोबारको ५० मिनेटसम्म बढेको बजार त्यसपछि भने घटेको हो ।

घटेको बजारमा १८२ कम्पनीको ६५ करोड ४ लाख २२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म २४ लाख ९५ हजार ४४४ कित्ता शेयर कारोबार भएको हो । एक घण्टामा ज्योती विकास बैंकको शेयरमूल्य सर्वाधिक ५ दशमलव ८० प्रतिशतले बढेको छ भने अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य सर्वाधिक छ दशमलव ३८ प्रतिशतले घटेको छ ।

सर्वाधिक मूल्य बढेको ज्योती विकास बैंकले दोस्रो घण्टासम्म सर्वाधिक रकमको कारोबार गरेको छ । यस अवधिसम्म ज्योती विकास बैंकको ६ करोड ८१ लाख ८८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । दोस्रो घण्टासम्मको कारोबारमा विकास बैंकको सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशतले परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७ प्रतिशत र अन्यको शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको छ । दोस्रो घण्टाको कारोबार अवधिसम्म नौ समूहको परिसूचक घटेकोमा व्यापारिक समूहको सर्वाधिक १ दशमलव १३ प्रतिशतले घटेको छ ।

 

 

प्रतिक्रिया