बिहीबार, वैशाख २७, २०८१

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

नेपालखोज २०७७ असोज २७ गते १५:२६

काठमाडौं । जग्गा हेर्ने बहानामा लुुटपाट गरी हत्या गरेको अभियोगमा तीन जना व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनले हत्यामा संलग्न भएको अभियोगमा तीन जना व्यक्तिहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

महाशाखाको प्रवक्ता प्रहरी उपरीक्षक ईश्वरबावु कार्कीको अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपालचोकको बाह्बिसे नगरपालिका-२ लेर्खक घर भई काठमाडौंको थली बस्दै आएका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपालचोकको चौताराको बतासे नगरपालिका-२ घर भई काठमाडौंको बौद्ध बस्दै आएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्दै आएका २७ बर्षिया वर्षीय प्रेम तामाङ छन् ।

प्रवक्ता कार्कीका अनुसार पक्राउ परेकाहरुले भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को गत साता हत्त्या गरेका थिए । गत बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको भक्तपुरको सुडालमा लगेका थिए ।

सो पश्चात उक्त समुहले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा यही असोज २२ गते बिहिबार काठमाडौंको ग्रिन सिटी हष्पिटलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया