महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैंको अवसरमा ब्याज रकममा भारी छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले क्रृणिहरुले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको छ ।
नेपालीहरुको महानपर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।
प्रतिक्रिया