होम आइसोलेसनमा वृद्धाको मृत्यु
नेपालखोज
२०७७ असोज २७ गते २१:२०
चितवन । जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीकाअनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया