कस्तो रहला आजको मौसम ?
नेपालखोज
२०७७ असोज २८ गते ७:५८
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पर्सि यी प्रदेशको साथै लुम्बिनीका केहि ठाउँमा पनि हल्का पानी पर्नेछ।
सम्बन्धित

प्रतिक्रिया