कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

नेपालखोज २०७७ असोज २८ गते ९:४९

कञ्चनपुर । बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउँदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । पसलमा काम गर्दै गरेका बेला साउँदलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर बेहोस भएका साउँदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया