मंगलबार, वैशाख ४, २०८१

बैंकिङ कसुर मुद्दाका फरार धादिङका प्रतिवादी पन्चम पक्राउ

नेपालखोज २०७७ असोज २८ गते ११:४९

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १३ बस्ने धादिङ धुनिवेसी नगरपालिका ५ घर भएका ५१ बर्षीय पन्चम अकौलियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७५ असार २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका २३ मा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

अकौलियाले २०७५ बैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारि सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालतचितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया