अर्थमा विष्णु पौडेल तथा पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

नेपालखोज २०७७ असोज २८ गते १८:१०

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा केही हेरफेर गरेका छन् । प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई विष्णु पौडेलको जिम्मा लगाएका छन् भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उनले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया