शुक्रबार, चैत १६, २०८०

कोरोना कहर : विश्‍वमा मृत्यु हुनेको संख्या १० लाख ९६ हजार नाघ्यो

नेपालखोज २०७७ असोज २९ गते ८:००

जेन्सी । विश्‍वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ। विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३ सय बढीले ज्यान गुमाएका छन्।

विश्‍वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्। सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा हालसम्म ८१ लाख ४८ हजार बढीमा कोरोना संक्रमण भइसकेको छ भने त्यहाँ २ लाख २१ हजार बढीको ज्यान गइसकेको छ ।

त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार नाघिसकेको छ भने १ लाख ११ हजार बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ५१ लाख ४१ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ १ लाख ५१ हजारको ज्यान गइसकेको छ ।

प्रतिक्रिया