बिहीबार, मंसिर २१, २०८०

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर दोस्रो साता बस्ने

नेपालखोज २०८० असोज १५ गते २१:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर दोस्रो साता बस्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय गरेको हो ।

बैठकमा दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यवृद्धिलगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै, मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया