शुक्रबार, वैशाख १४, २०८१

सहकारी बैंकद्वारा ८ जनालाई सल्लाहकारमा मनोनयन

नेपालखोज २०७७ असोज २९ गते १७:४८

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिले ८ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । सञ्चालक समितिको बिहीबार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपक प्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा. डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कंडेललाई चयन गरेको छ ।

बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहदा सात सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५ औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिएका छन् । बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पुंजी ५१ अर्ब ७४ करोड निक्षेप, र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिएका छन् ।

बैंकले हाल ४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा दिदै आएको छ । हालै राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको र नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको गुरागाईले बताएका छन् ।

प्रतिक्रिया