बिहीबार, वैशाख २०, २०८१

राष्ट्र बैंकले भोलि २० अर्बको रिपो जारी गर्दै

नेपालखोज २०७८ भदौ ३० गते १८:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (बिहिबार) २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त दिन अल्पकालीन अर्थात १४ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।

जारी मिति भदौ ३१ गते तोकिएको रिपोको परिपक्व हुने मिति भने १४ दिन अर्थात यही असोज १४ गते तोकिएको छ । रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बोकवोलका माध्यमद्वारा भाग लिन सक्नेछन् । रिपो खरिदको लागि बिहिबार दिउँसो तीन बजेसम्म बोलपेत्र पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया