मंगलबार, वैशाख ११, २०८१

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

नेपालखोज २०७७ असोज २९ गते १९:४९

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

प्रतिक्रिया