बिहीबार, वैशाख १३, २०८१

सुर्खेतका सांसद ध्रुव शाही भन्छन्- पार्टी फुटको पक्षमा छैन

नेपालखोज २०७८ वैशाख ८ गते १५:४७

काठमाडौं । नेकपा एमालेका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ध्रुवकुमार शाहीले पार्टी फुटको पक्षमा नरहेको बताएका छन् । उनले पार्टी एक ढिक्का हुनुपर्नेमा समेत जोड दिएका छन् ।

‘कोही मिडियाले योजनाबद्ध लेख्छन्, समूह छाडेको भन्नु भन्दा पनि संस्थापन पक्षलाई पार्टी मिलाएर लैजाऊ भन्ने मेरो भनाइ हो,’ नेपालखोजसँगको कुराकानीमा उनले भने, ‘फलानो गुटमा लाग्यो भन्नुभन्दा पनि मूल पार्टीमै रहेको बताउन चाहन्छु ।’

उसो त नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई निर्वाचनमा हराएर चर्चा कमाएका नेकपा एमाले सांसद शाही माधवकुमार नेपाल पक्षका रुपमा चिनिन्छन् । सांसद् शाहीले आफूले माधव नेपालको गुट छाडेको प्रस्ट नबताए पनि संकेत भने अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेको बताएका छन् ।
उनले भने, ‘म पार्टीको मूलधारमै छु ।’

उनले एकताबद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने पनि बताए । एमाले अध्यक्ष ओलीले मंगलबार मात्र नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया