मंगलबार, वैशाख ३०, २०८२

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असोज २९ गते २०:२९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् ।

थापा अहिले बूढानीलकण्ठ स्थित निवासमै आइसोलेशनमा बसेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया