बिहीबार, वैशाख १३, २०८१

नौ जना सचिवको सरुवा

नेपालखोज २०७७ असोज ३० गते ८:११

काठमाडौं । सरकारले नौ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो ।

सरुवा हुनेहरूमा सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सो मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलुकद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपाने पनि सरुवामा परेका छन् । उनी उपराष्ट्रपति कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

त्यस्तै जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ ।

प्रतिक्रिया