शनिबार, वैशाख १५, २०८१

इरानमा हिरासतमा रहेकाहरुमाथि यातना दिन प्रतिबन्ध

नेपालखोज २०७७ असोज ३० गते ९:२५

एजेन्सी । इरानले हिरासतमा रहेकाहरुमाथि यातना दिन प्रतिबन्ध लगाएको छ । इरानको उच्च न्यायिक निकायले प्रहरीको नियन्त्रणमा अपराध स्वीकारेका लागि दिइने यातना मनवअधिकारको उल्लंघन हुने भन्दै प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।

न्यायायिक सुरक्षा सम्बन्धी उक्त आदेशमा इरानको न्यायपालिकाका प्रमुख इब्रापिहम रायसीले हस्ताक्षर गरेका छन् । यसले न्यायिक प्रक्रियामा पारदर्शीता र स्वतन्त्र रुपमा कानुनी सल्लाहकार छनौट गर्ने अधिकार सुनिश्चित गर्ने अधिकारीहरुले दावी गरका छन् ।

नयाँ कानुनी व्यवस्थाले विदेशीहरुका लागि कन्सुल पँहुचको सुनिश्चितता गर्ने इरानी अधिकारीहरुको विश्वास छ । संयुक्त राष्ट्रसंघले विभिन्न पश्चिमा मुलुकहरुले चरम मानवअधिकार उल्लंघनका घटना भइरहेका आरोप लगाएका बेला इरानले यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया