विश्वभर कोरोना भाइरसको महामारी, ईटालीमा १ करोड ६० लाख मानिस क्वारेण्टाइनमा
नेपालखोज
२०७६ फागुन २५ गते ६:४१
एजेन्सी । विश्वभर नै सन्त्रासका रुपमा फैलिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ ।
ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ । उनीहरुलाई आउँदो अप्रिलसम्म अनिवार्य रुपमा क्वारेण्टाइनमा राखिने खबरमा उल्लेख छ ।
यस्तै मानिसको जमघट हुने सभा सम्मेलन, जीम, पूल, सङग्रहालय र स्की रिसोर्ट लगायतका क्षेत्रलाई अनिश्चित कालका लागि बन्द गरिएको छ ।
ईटालीमा गएको २४ घण्टामा ५० जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या २ सय ३० पुगेको छ । थप १२ सय सङ्क्रमित भेटिएपछि सङ्क्रमितको संख्या झण्डै ६ हजार पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया