बिहीबार, चैत १५, २०८०

भक्तपुर इन्काउन्टर फेक भएको मानवअधिकार आयोगको ठहर

नेपालखोज २०७७ असोज ३० गते १०:०९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दुई वर्षअघि भक्तपुरमा दुई युवकको प्रहरी गोलीबाट भएको मृत्यु मुठभेड नभई नियोजित हत्या भएको निष्कर्ष निकालेको छ ।

आयोगको बुधबार सम्पन्न बैठकले घटनामा संलग्न ६ प्रहरीलाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ । अपहरणका आरोपित दुई युवकलाई पक्राउ गरेर गोली हानी हत्या गरिएको आयोगको ठहर छ ।

बालक निशान खड्काको अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङको २० साउन २०७५ मा सूर्यविनायक जंगलमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । भाग्न खोज्दा उनीहरूलाई गोली हानिएको प्रहरी दाबी थियो ।

तर, छानबिनमा उनीहरूलाई डेराबाटै पक्राउ गरिएको र घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट गम्भीर मानव अधिकार उल्लंघन भएको ठहर आयोगको छ । त्यस घटनामा महानगरीय अपराध महाशाखाका प्रहरी संलग्न थिए ।

यस्तै, आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरमा संलग्न प्रहरीलाई पनि मुद्दा चलाउनैपर्ने अर्काे निर्णय गरेको छ ।

प्रतिक्रिया