बिहीबार, वैशाख १३, २०८१

जनगायिक एवं सांसद सानु सिवा पहाडीको निधन

नेपालखोज २०७७ असोज ३० गते ७:५३

काठमाडौं । पञ्चायती शासन विरुद्ध संगीतका माध्यमबाट आन्दोलनमा होमिँदै लामो समय जनताका पक्षमा गीत गाउँदै संघर्षमा होमिएकी जनसंगीतकर्मी एवं प्रतिनिधिसभा सांसद सानु सिवा पहाडीको निधन भएको छ ।

लामो समय मिगौंला रोगबाट ग्रसित पहाडीको बुधबार निधन भएको हो । जनसांस्कृतिक अभियानमा अन्तिम समयसम्म पनि सक्रिय रहनु भएकी नेकपाको तर्फबाट समानुपातिक सांसद पहाडीको निधनले जनसाँस्कृतिक क्षेत्रले महत्वपूर्ण व्यक्ति गुमाएको छ ।

पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्दै समवेवदना समेत प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट मार्फत शोकसन्तप्त आफन्तर र परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

पहाडीको उपचारका क्रममा केमसी अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ ।

 

प्रतिक्रिया