राष्ट्र बैंकद्वारा हालसम्म एक सय ५१ बैंक तथा वित्तीय संंस्थाहरुको लाईसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म एक सय ५१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको लाईसेन्स अर्थात ईजाजतपत्र खारेज गरिदिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टका अनुसार धेरै वटा बैंक तथा फाईनान्स कम्पनीहरुले मर्जर तथा प्राप्ती मार्फत एकीकृत कारोबार सञ्चालन गरे कै कारण हालसम्म उक्त संख्यामा बैंक तथा फाईनान्स कम्पनीहरुको लाईसेन्स खारेज गरिएको हो ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ साउन मसान्तसम्म कुल एक सय ९८ बैंक तथा फाईनान्स कम्पनीहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका र त्यसबाट ४७ वटा मात्र संस्था कायम भए पश्चात एक सय ५१ वटा संस्थाहरुको लाईसेन्स खारेज गरिएको हो, प्रवक्ता भट्टले भने । यसरी लाईसेन्स खारेज हुुने संस्थाहरुमा तत्कालीन ग्राण्ड बैंक, जनता बैंक, किष्ट बैक, सिद्धार्थ डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैक, यति डेलपमेन्ट बैक, सिर्नर्जी फाईनान्स लगायतका कम्पनीहरु रहेका छन् । अझै पनि साना तथा ठुुला समेत गरी दुुई दर्जन भन्दा संस्थाहरु मर्जर तथा प्राप्तीको प्रकृयामा रहेका छन् । यसले आगामी समय अझै धेरै वटा संस्थाहरुको लाईसेन्स खारेज हुन सक्छ, प्रवक्ता भट्टले भने ।
प्रवक्ता भट्टका अनुसार देशभर सात वटा प्रदेशका सात सय ५३ स्थानीय तहहरु मध्ये सात सय ४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको छ । यस अवधिमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने एक सय ५३ कायम भएको छ । जसअनुसार २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ८ सय १३ पुगेको प्रवक्ता डा. भट्टले जानकारी जानकारी दिएका छन् ।
प्रतिक्रिया