बिहीबार, वैशाख १३, २०८१

कोरोना अपडेट : एकै दिन ४३९२ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ नाघ्यो

नेपालखोज २०७७ असोज ३० गते १८:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ३९२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३९२ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ । २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्‍वारेन्टिनमा रहेका छन् ।देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया