शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा मात्रै २४०२ नयाँ संक्रमित थपिए

नेपालखोज २०७७ असोज ३० गते १८:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४०२ थप नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् ।

बिहीबार काठमाडौंमा एक हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी एक हजार ९३५ कोरोना संक्रमित थपिएका थिए । बुधबार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ गरी एक हजार ४०३ कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा १७४६, ललितपुरमा १६७ र भक्तपुरमा २१६ गरी दुई हजार १२९ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया