बिहीबार, चैत १५, २०८०

प्रदेश नं १ मा ४६८ जना सङक्रमित थपिए

नेपालखोज २०७७ असोज ३० गते २०:२७

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई\दुई, भोजपुर र ताप्लेजुङमा एक\एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ ।

हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया