औषधिको उत्पादन बढाउन १० खर्ब रुपयाँ खर्चंदै भारत
नेपालखोज
२०७६ चैत १० गते ७:०५
एजेन्सी । भारतले औषधिको उत्पादन बढाउन १० खर्ब रुपयाँ खर्च गर्न लागेको छ । कोरोना भाइरसको महामारीका कारण आपूर्ति शृंखलामा अवरोध आएर औषधि अभाव हुने अवस्था देखिएको छ । यस्तोमा औषधि बनाउन घरेलु स्तरमा पाइने कच्चा पदार्थको उत्पादन गर्न कम्पनीहरूलाई प्रेरित गर्न सरकारले १० खर्ब रुपया (१ अर्ब ३० करोड डलर)को कोष स्थापना गरेको हो ।
यसमा औषधि उत्पादन केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माण र वित्तीय प्रोत्साहनलगायत कार्यक्रम रहेको बताइएको छ । भारतले औषधि बनाउन चाहिने करीब ७० प्रतिशत (केमिकल) सामग्री चीनबाट आयात गर्दै आएको छ । यीमध्ये पनि धेरैजसो सामग्री हुवेईबाट आउने गरेको थियो । भारत विश्वको सबैभन्दा ठूलो जेनरिक औषधि निर्यातकर्ता हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया