बिहीबार, वैशाख ६, २०८१

सनराइज बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

नेपालखोज २०७७ असोज ३० गते २०:५२

काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले चाडपर्व लक्षित नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले F1soft संग सहकार्य गरी यो योजना ल्याएको हो । यो योजना अन्र्तगत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart App मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक\एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्थासमेत गरेको छ ।

सन्राइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको हो ।

 

 

प्रतिक्रिया