शुक्रबार, चैत १६, २०८०

उद्योग वाणिज्य महासंघ निर्वाचनमा होमियो, उमेदवारी घोषणा सुरु

नेपालखोज २०७६ मंसिर १५ गते ९:३३

१५ मंसिर, काठमाडौं । १५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा होमिएको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ५४ औं वार्षिक साधारण सभामा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी एवम् कार्यकारिणी समितिका लागि निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा उठ्ने तयारी गरेका उद्योगी व्यवसायी देश दौडाहा लागेका छन् ।

महासंघको पछिल्लो विधानले वरिष्ठ उपाध्यक्ष स्वतः आगामी नेतृत्वमा जाने भएकाले वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा हुनेछ । महासंघको आगामी अध्यक्ष भने शेखर गोल्छा बन्ने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधान अगाडि सरेका छन् । ढकाल एशोशिएटतर्फका उपाध्यक्ष र प्रधान जिल्ला तथा नगरतर्फका उपाध्यक्ष हुन् ।

महासंघलाई बलियो बनाउन र यसको गरिमा कायम राखिराख्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको ढकाल र प्रधानले बताए । दुवै प्रत्यासीले सहमतिको प्रयास जारी राखेको पनि बताएका छन् । अर्का प्रत्यासी प्रधानले महासंघमा सहमतिको आवश्यकता रहेको बताए ।

महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योतिले उमेदवारी घोषणा गरिसकेका छन् । यस्तै हालसम्मको अवस्थामा वस्तुगततर्फ अञ्जन श्रेष्ठ र कमला श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष हुन् । कमला श्रेष्ठले उमेदवारी दिने तयारी गरेको बताइन् ।

प्रतिक्रिया