बुधबार, वैशाख १२, २०८१

काठमाडौं र भक्तपुरका यी ठाउँमा आज दुई घण्टा बत्ती जाने

नेपालखोज २०७७ कार्तिक १ गते ७:२५

काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाण्डौको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो ।

ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए ।

त्यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

त्यस्तै ट्रान्सफर्मर जोड्न तथा रुख काट्न कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ । बिजुली मर्मतको काम निर्धारित समय अगावै सकिएलगत्तै बिजुली आउने पनि प्राधिकरणका सूचना अधिकारी अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया