बिहीबार, वैशाख १३, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ कार्तिक १ गते ७:३१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा आज उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाले हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको र बाँकी भू–भागहरूमा सामान्यतया मौसम सफा रहको जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागहरुमा सामान्यतया मौसम सफा रहनेछ ।

भने, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यता, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया