शुक्रबार, वैशाख १४, २०८१

युवा संगीतकर्मी केसीको ”जिन्दगी बर्वाद”

नेपालखोज २०७७ कार्तिक १ गते १९:२३

काठमाडौं । युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गरेका छन् । मुलत थारु भाषा र अंग्रेजी ¥यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ । गीतमा शब्द, संगीत लब धोज केसी र कुश ध्वज केसीको रहेको छ । यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गरेका हुन् ।

नवलपरासी घर भै हाल काठमाण्डौमा आफ्नो संगीत यात्रा अघि बढाइरहेका केसी दाजुभाईले स्थानिय पर्यटन प्रवर्दनको उदेश्य सहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गरेका हुन् । म्युजिक भिडियोमा गायक चन्दन ध्वज केसी र समिक्षा पोखरेल फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन् । प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो ।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपन सहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताएका छन् । ‘टिम समर्पण’को अफिसिएल च्यानल मार्फत सार्वजनिक यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया