बिहीबार, वैशाख ६, २०८१

मेरो ब्राण्ड अनलाईन सपिङ बजारमा

नेपालखोज २०७७ कार्तिक १ गते १९:४६

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरो ब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरो ब्राण्ड डट कमले आफ्नो उपस्थिती जनाएको कम्पनीको दावी छ ।

निकै लामो गृहकार्य पश्चात मेरो ब्राण्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीको सिईओ राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाण्डौ उपत्यका भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीके दाबी छ । अनलाईन सपिगं गर्दा उपभोक्ताले सोचेकै गुणस्तरिय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङ प्रति आम उपभोक्ताको विश्वसनियता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए ।

आम उपभोक्ताले मेरो ब्राण्ड डट कम मा लग इन गरी आफुले चाहेको बस्तु खरिद गर्न सकिने छ । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था गरेको छ ।

मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिग उपभोक्तालाई अपनत्व कायम गराउने दाबी छ । यस अनलाइन प्ल्याटफर्म मा विभिन्न ब्राण्ड तथा भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए ।

दशैको घटस्थापना को विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कम मार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटो होम डेलीभरी को सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिन भित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसि समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया