बिहीबार, वैशाख १३, २०८१

बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित

नेपालखोज २०७७ कार्तिक २ गते ७:४९

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २र२ गोल गरे । अर्मिनियाका रितुस डोनले एक गोल फर्काए । अर्मिनियाविरुद्ध सहज जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । अर्मिनिया ४ खेलमा ४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ । अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको हो ।

हारका बाबजुद पनि रियल अंक तालिकाको शीर्षस्थानमा छ । उसले पाँच खेलबाट १० अंक बनाएको छ । विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया