शुक्रबार, वैशाख १४, २०८१

ओली–प्रचण्ड बिच झनै मनमुटाव

नेपालखोज २०७७ कार्तिक २ गते ८:५८

काठमाडौं । मुख्यमन्त्रीविरुद्ध पार्टीका सांसदहरूको अविश्वास प्रस्तावले गहिरिएको कर्णाली प्रदेशको समस्या समाधानबारे प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पुन मनमुटाव देखिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त छलफलका लागि बोलाइएका प्रदेश नेतृत्वसामु प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको अनुपस्थितिलाई लिएर कटाक्ष गरेपछि समाधानका विषयमा दुईबीचको मनमुटाव उजागर भएको हो  ।

बालुवाटार छलफलका लागि खबर गरिए पनि अध्यक्ष दहाललले आफूले सबै नेताहरूसँग पालैपालो छलफल गरिसकेकाले पुरानै कुरा सुन्नका लागि उपस्थित हुन नसक्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । तर, ओलीले भने एउटै पार्टीका नेताहरूलाई पनि अलग–अलग भेटेर संयुक्त छलफलमा भने अनुपस्थित भएको भन्दै उहाँको कार्यकारी भूमिकामाथि नै प्रश्न उठ्ने गरी असन्तुष्टि जनाएका छन् ।

समस्या समाधानको निष्कर्ष निकाल्ने गरी आज पुन अध्यक्षद्धयबिच छलफल हुनसक्ने दाहाल निकट स्रोतले जनाएको छ । कँडेलले प्रधानमन्त्रीकै इसारामा अविश्वासको प्रस्ताव अगाडि बढाएको बुझाइमा रहेका अर्का अध्यक्ष दाहाल पछिल्लो प्रधानमन्त्रीले एकल रूपमा मन्त्रिपरिषद् हेरफेर गरेकोमा पनि असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा मन्त्रिमण्डल पुर्नगठन गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड विच भेटवार्ता समेत हुन सकेको छैन् ।

प्रतिक्रिया