मंगलबार, वैशाख ११, २०८१

कम्बोडियामा भिषण बाढीपहिरो : २६ जनाको मृत्यु, ३० हजार बढी घरबार विहीन

नेपालखोज २०७७ कार्तिक २ गते ९:१३

एजेन्सी । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण ३० हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पु¥याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनस्र्थापनाको काम जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट गरेको बताइएको छ । वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहन अपीलसमेत गरेका छन् ।

कम्बोडियामा हरेक वर्ष अगस्ट र अक्टोबरमा आउने बाढीका कराण हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया