बिहीबार, चैत १५, २०८०

एनएमबि बैंकको ग्राहकहरुलाई सिजिका उत्पादनको खरिदमा महा अफर

नेपालखोज २०७७ कार्तिक २ गते १४:३३

काठमाडौं । एनएमबि बैंक र सिजिबीच एनएमबि बैंकका ग्राहकहरुले सिजिको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।

यसपालीको दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्य साथ सिजिले यो अभियान सुरु गरेको हो । एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सिजिका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्ने छन् ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया