बिहीबार, वैशाख १३, २०८१

आइतबार ५.६६ अंक घटेर बन्द भयो शेयर बजार, जनरल इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक कमाए

नेपालखोज २०७७ कार्तिक २ गते १६:५०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५ दशमलव ६६ तल ओर्लिएको छ । यो दिन परिसूचक १ हजार ५५६ दशमलव ८० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बिहीबार १ दशमलव २९ अंक बढेर १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको बजार आइतबार भने घटेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८१ अंक घटेर ३०८ दशमलव २७ विन्दुमा झरेको छ ।

आइतबार घटेको बजारमा पनि जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । दोस्रो बजारमा कारोबार सुरु गरेको तेस्रो दिन जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले बढेको हो । जनरल इन्स्योरेन्सको शेयरमूल्य आइतबार प्रतिकित्ता ३६ रूपैयाँले बढेर अन्तिम मूल्य ४०४ रूपैयाँ पुगेको हो । आइतबार रैराङ हाइड्रोपावरको लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । यस दिन रैराङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७ दशमलव ५४ प्रतिशतले घटेको हो । प्रतिकित्ता १५ रूपैयाँले घटेर रैराङको अन्तिम शेयरमूल्य प्रतिकित्ता १८४ कायम भएको छ ।

आइतबार १८७ कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार रूपैयाँ बराबरको ४३ लाख ५२ हजार १० कित्ता शेयर कारोबार भएको छ । यो दिन सर्वाधिक रकमको हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरको कारोबार भएको छ । हिमालयन बैंकको संस्थापक शेयर प्रतिकित्ता ३०० रूपैयाँमा २४ करोड ४५ लाख ५१ हजार ६०० रूपैयाँ बराबरको ८ लाख १५ हजार १७२ कित्ता शेयर खरिद विक्री भएको हो ।

आइतबार कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूह र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन व्यापारिक समूहको १ दशमलव २५ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ४१ प्रतिशत परिसूचक बढेको हो । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १ दशमलव ४२ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंकको शून्य दशमलव ४८ प्रतिशत, होटलको शून्य दशमलव १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३८ प्रतिशत, वित्तको शून्य दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४८ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३४ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया